पथरीमा २ दिने शेरामिक प्रदर्शनी सुरु - Pahilo Online

पथरीमा २ दिने शेरामिक प्रदर्शनी सुरु

प्रशिक्षार्थीहरुले निर्माण गरेको सामाग्रीहरु प्रदर्शनमा

writer

पथरी– मोरङको पथरी शनिश्चरेमा माटाका सजावटका सामग्री सम्बन्धी २ दिने शेरामिक प्रदर्शनी आजबाट (आइतबार) सुरु भएको छ । कला, साहित्यको क्षेत्रमा सक्रिय रहेको एभरेष्ट आर्ट फ्युजनको आयोजनामा पथरीको गोर्खा डिपार्टमेन्टको हलमा प्रदेशकै पहिलो सेरामिक प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र प्रदेश सदस्य सूयर्माराज राईले संयुक्त रुपमा उद्घाटन् गरेका हुन् । कुलपति कर्माचार्य र प्रदेश सांसद राईले कला सृजनाको विकासमा स्थानीयसँगको सहकार्यमा सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा ७० दिने ‘सेरामिक व्हिल थ्रोइङ एण्ड ग्लेज तालिम’मा प्रशिक्षार्थीहरुले निर्माण गरेको माटोका आकर्षक सामाग्रीहरुको प्रदर्शनी गरिएको हो । माटोका सामान वनाउने कुरालाई समेत कला तथा सृजनाको पाटो एवम् जीवनसँग जोडेर सृजना क्षेत्रलाई फराकिलो बनाउने कार्यक्रमको लक्ष्य रहेकोप्रति वक्ताहरुले प्रशंसा गरेका छन् ।

कार्यक्रममा, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, प्राज्ञ गंगा सुवेदी, सरोजा खड्गी, कलाकार विक्रमश्री, सेरामिक प्रशिक्षक अमर प्रजापति लगायतले बोलेका थिए । कार्यक्रममा, प्रसिद्ध चित्रकार धरानका स्वयम्प्रकाश श्रेष्ठ र पुराना मूर्तिकार पाँचथर फिदिमका रुद्रकुमार तुम्रोकलाई सम्मान समेत गरिएको छ ।

एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष एवम् ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गीले फयूजनमार्फत आफ्ना पितामाताको नाममा स्थापना गरेको १० हजार राशीको ‘विष्णुमीना ललितकला पुरस्कार’ बाट दुवैलाई सम्मानित गरिएको छ । सर्जकको आफ्नै मुहारचित्र सहित गरिएको सम्मान श्रेष्ठलाई ०७५ सालको र तुम्रोकलाई ०७६ सालका लागि सम्मान गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes