पथरी शनिश्चरेमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा विशाल रथयात्रा - Pahilo Online

पथरी शनिश्चरेमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा विशाल रथयात्रा

writer

पथरी– मोरङ्गको पथरी शनिश्चरेमा विगत बर्षमा झैँ यस वर्ष पनि विशाल रथ यात्रा गरिएको छ। पथरी शनिश्चरे ४ मा रहेको राधाकृष्ण मन्दिरको आयोजना र विभिन्न स्थानिय क्लब, संगठनहरुको सहकार्यमा कृष्ण जन्माष्टमीको अवसरमा शनिवार रथ यात्रा गरिएको हो।

नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य र उपप्रमुख यमुना बिष्टको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो। विगतका बर्षहरुमा समेत रथ यात्राको आयोजना गरिएता पनि यश बर्षको कार्यक्रम विशेष र भव्य भएको सहभागीहरुको अनुभव छ। कार्यक्रमलाई औपचारिक रुपमा उद्घाटन गदै प्रमुख अतिथी नगर प्रमुख दिलिप कुमार राई, विशिष्ट अतिथी उपप्रमखु यामुना विष्ट वास्तोलाले कार्यक्रमको प्रशंसा गदै कार्यक्रम सभ्य र भव्य रुपमा समापन गर्न शुभकामना दिएका थिए ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते मङगलबार देखि कलश यात्रा,मंण्डप पुजा गरी उद्घाटन गरीएको कार्यक्रम शनिवार रथयात्रासँगै नगर परिक्रमा गरी समापन गरिएको हो । मन्दिर परिसरबाट श्री कृष्णलाई विशाल सुन्दर रथमा विराजमान गराइ बाजागाजा, झाँकी सहित नगर परिक्रमा गरिएको हो। रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुले रथमाथि फुल तथा जल अर्पण गरेका थिए । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका कलश यात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोली लगायत श्रद्धालु भक्तजन पनि सहभागी रहेका थिए । पथरी शनिश्चरे साथै बाहिरी जिल्लाबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइएको थियो । श्रीमद् भागवत १० औँ स्कन्द,कृष्ण चरित्र तथा कथा प्रवचन कार्यव्रmम शनिबार विशाल रथ यात्रा गरी कार्यक्रम समापन गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes