ईलामको बजारहरु सीसी क्यामेराबाट निगरानी गर्दै जिल्ला प्रहरी कार्यलय - Pahilo Online

ईलामको बजारहरु सीसी क्यामेराबाट निगरानी गर्दै जिल्ला प्रहरी कार्यलय

बजार र चोकहरुमा ३४ वटा सीसी क्यामेरा जडान

writer

इलाम– जिल्ला प्रहरी कार्यालयको एउटा कोठाबाटै बजारहरुको सीसी क्यामेरा बाट निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्यामेरा जडान गरेर निगरानी थालेको कार्यालयको भनाइ छ ।

इलाम बजारमा १० वटा, फिक्कलमा आठ वटा, पशुपतिनगरमा आठ वटा र मङ्गलबारेमा आठ वटा सीसी क्यामेरा जडान गरी निगरानी गर्न थालेको इलामका प्रहरी उपरिक्षक हिराबहाद्र पाण्डेले बताएका छन् । बजार क्षेत्रमा बढी अपराध, दुर्घटना बढेको र बजारमा सामान हराउने उजुरीसमेत बढेसँगै प्रहरीले निगरानी बढाएको हो । बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएर  क्यामेरा र टीभीको कनेक्सन गरिएको छ । क्यामेरामा एक महिना अघिसम्मको रेकर्ड रहने गरी मिलाइएको जिप्रकाले जनाएको छ ।

क्यामेरा जडानपछि कार्यलयले चोरी भएका दुईवटा मोटरसाइकल पत्ता लगाएर फेला पारिसकेको पनि जनाइएको छ । ती मोटरसाइकल इलामको धोवीधारा र इलाम चोक बजारबाट हराएका थिए । त्यसमध्ये एउटा मोटरसाइकल धोबीधारा देखि तल मेची राजमार्गमै लगेर छाडिएको अवस्थामा भेटिएको थियो भने चोक बजारबाट हराएको मोटरसाइकल पनि केही पर लगेर छाडेर भागेको कार्यालयले जनाएको छ । सीसी क्यामेराको निगरानीले सडकमा हुने दुर्घटनाको पनि नियन्त्रण हुने प्रहरी कार्यलयको भनाई छ । अब जिल्लाका अन्य ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी रहेको छ ।

यसअघि झापा र इलामको सिमानामा मात्र सीसी क्यामेराबाट निगरानी भइरहेको थियो । कार्यालयले इलामको चोकबजार, धोवीधारा, जिरो किलोमिटर, बिब्ल्याँटे, नेपाल बैंक छेउ, टुँडिखेल, अस्पताल छेउ, बसपार्क, ट्याक्सी स्टेण्ड र शान्ति चोकमा सीसी क्यामेरा जडान गरेको हो । ती सबै क्यामेरामा कैद भएका श्रब्यदृश्य सामग्री (भिडियो) जिल्ला प्रहरी कार्यालयमा रेकर्ड हुने र त्यहाँबाट हेर्न सकिने ब्यवस्था गरिएको छ ।

ती दृश्यहरु निगरानीका लागि कार्यालयले हरेक दिन प्रहरी राख्ने गरेको छ । कहिँ कतै कुनै घटना भइहालेको खण्डमा तत्काल प्रहरी परिचालन गर्न सकिने समेत कार्यालयको भनाई छ । प्रहरी कार्यालयबाटै जिल्लाका अरु भागमा रहेका सीसी क्यामेराको भिडियो पनि हेर्न सकिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes