अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न राष्ट्रपतिको आदेश - Pahilo Online

अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न राष्ट्रपतिको आदेश

writer

ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि सुरक्षाकर्मी परिचालन गर्न ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आदेश दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ । यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण नभएसम्म फ्रान्स र आयरल्याण्डले ब्राजिलसँगको व्यापारीक सम्बन्ध तोड्ने सचेतावनीसमेत दिएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलका राष्ट्रपतिले जलवायू परिवर्तनबारे आफूसँग झुट बोलेको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । विश्व समुदायले चिन्ता व्यक्त गरिरहेका बेला आगो भने नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि ठोष कदम नचालेको भन्दै वातावरण संरक्षण अभियानताहरुले ब्राजिलका विभिन्न शहरमा प्रदर्शनसमेत गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes