एलाभेन एरोज सुनसरी पाथीभरा गोल्डकप च्याम्पियन - Pahilo Online

एलाभेन एरोज सुनसरी पाथीभरा गोल्डकप च्याम्पियन

डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लव टाइब्रेकरमा ४–२ ले पराजित

writer

ताप्लेजुङ – एलाभेन एरोज क्लव सुनसरी चौथो संस्करणको पाथीभरा गोल्डकपको गोल्डकप च्याम्पियन बनेको छ। डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ । उपविजेता रेडस्टार झापाले ट्रफीसहित नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त र्गयो । विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार तथा प्रमाण–पत्र वितरण गरे।

पहिलो हाफ गोलरहित बराबरी खेलेका एलाभेन एरोज र रेडस्टारबीचको प्रतिस्पर्धामा रेडस्टारले सुरुवाति अग्रता लिएको थियो । खेलको ६१ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै आफ्नो टिमलाई १–० को स्थितिमा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा एलाभे एरोज सुनसरीका यानिक ओनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेल अवधिभर ४ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको उपाधिसमेत जित्न सफल भए । खेलको ८७औं मिनेटमा रेडस्टारका लागि मिलन राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।उनको गोलसँगै खेल तनावपूर्ण बन्यो ।

एलाभेन एरोजका यानिक र एक्वेमसहितका खेलाडीले यसलाई गोलमा मान्यता नदिन रेफ्री श्याम दनुवारसँग अपिल गरे । तर दनुवार आफ्नो निर्णयबाट पछि हटेनन् । हारको नजिक पुगेको एलाभेन एरोजका लागि इञ्जुरी समयको ४ मिनेटमा समन राईले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याउँदा दर्शकको हुटिङले सुनसरीको मन जित्यो । निर्धारीत९० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल टाइब्रेकरबाट टुङ्गिएको थियो ।

टाइब्रेकरमा सुनसरीले झापालाई ४–२ ले हरायो । रेडस्टारका खेलाडी योगेश गुरुङ र विकास थुलुङको प्रहार गोलमा परिणत हुन सकेन । पुजन उपरकोटी र निसान लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । एलाभेन एरोजका रुपेश केसी, जीवन धामी, बिष्णु सुनुवार र उमेश कार्कीको प्रहार गोलमा परिणत भएसँगै उसले उपाधि चुमेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes