कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ छैन–पाकिस्तानी प्रधानमन्त्री - Pahilo Online

कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ छैन–पाकिस्तानी प्रधानमन्त्री

writer

काठमाडौ–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ नभएको बताएका छन् । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले कश्मिरको विषयमा दुवै परमाणु शक्तिसम्पन्न राष्ट्रहरुबीच सैन्य टकरावको खतरा रहेको पनि बताए ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि धेरै कोसिस गरेपनि उनले अस्वीकार गरेको बताए । भारत प्रशासित कश्मिरको स्वायत्तता अन्त्य गरेको विषयलाई लिएर भारतको हिन्दु राष्ट्रवादी सरकार पाकिस्तानी प्रधानमन्त्रीको निशानामा छ ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई ‘नाजी’ सरकारसँग तुलना गर्दै उसले कश्मिरमा नरसंहार मच्चाउनसक्नेसमेत आशंका गरेका छन् । पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्रसंघमासमेत उठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको अवस्था ‘विस्फोटक’ रहेको बताएका छन् । भारतले भने यो विषय आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes