प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तथ्याङक हेर्दा आत्माहत्या निरन्तर वृद्धि - Pahilo Online

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तथ्याङक हेर्दा आत्माहत्या निरन्तर वृद्धि

प्रेम सम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहको कमीका कारण बालबालिका आत्महत्या

writer

मोरङ — समाजप्रतिको अलगाव, व्याप्त निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण प्रदेश १ मा पछिल्ला केही वर्षयता आत्महत्याका घटना बढदै गएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तीन वर्षको तथ्याङलाई हेर्दा प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्षेनी बढिरहेको देखिन्छ ।

प्रदेश एकमा ०७३र७४ मा जम्मा १ हजार ८९ जनाले आत्महत्या गरेका थिए । त्यसमध्ये ५ सय ७३ जना पुरुष र ४ सय ४८ जना महिला छन् । आत्महत्या गर्नेको यो संख्या बढेर ०७४।७५ मा ११ सय ६९ पुगेको देखिन्छ । जसमध्ये पुरुषहरू ६ सय ७३ जना र महिला ४ सय रहेका छन् ।

यो संख्या आव ०७५।७६ मा झन बढेको देखिन्छ । ०७५।७६ मा आत्महत्या गरेका १२ सय ३५ जना मध्ये ७ सय ८१ जना पुरुष छन् भने महिला ३ सय २२ जना छन् । प्रदेशमा बालबालिकाको आत्महत्याको घटना समेत बढी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक किशोरकुमार दाहालले बताए । आत्महत्या गर्ने बालकभन्दा पनि बालिका बढिरहेको उनले जानकारी दिए । उनले दिएको तथ्याङ अनुसार प्रदेशमा ०७३।७४ मा २३ जना बालक र ४५ जना बालिकाले आत्महत्या गरेका थिए ।

आव ०७४।७५ मा यो संख्यामा वृद्धि भएर आत्महत्या गर्ने बालकको संख्या ३८ र बालिकाको संख्या ५८ पुगेको देखिन्छ । त्यस्तै गत आवमा यो संख्या झन बढेको देखिन्छ । गत आवमा ४९ जना बालक र ८३ जना बालिकाले आत्महत्या गरेका छन् । यसमध्ये पनि १४ जिल्ला रहेको प्रदेश एकमा अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा आत्महत्या गर्नेको संख्या बढी देखिएको दाहालले बताए ।

गत आवमा सबैभन्दा बढी झापामा २ सय ९३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङले देखाउँछ । जसमध्ये १ सय ७७ जना पुरुष, ८७ जना महिला, १४ जना बालक र १५ जना बालिका रहेका छन् । त्यसपछि अन्य जिल्लाभन्दा बढी मोरङमा २ सय ३२ जनाले आत्महत्या गरेका थिए । यसमध्ये १ सय ३१ जना पुरुष ६१ जना महिला, १७ जना बालक र २३ जना बालिका रहेका छन् । सुनसरीमा १ सढ ६४ जनामा १ सय २३ जना पुरुष, २६ जना महिला र १५ जना बालिका रहेका छन् । सुनसरीमा गतवर्ष बालकहरूको आत्महत्या गर्ने संख्या शून्य रहेको देखिएको छ ।

सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या झापामा देखिए पनि बालबालिकाको आत्महत्याको संख्यामा मोरङ अगाडि देखिएको छ । ‘बालबालिका आत्महत्याका पछाडि विभिन्न कारणहरू छन्,’ मोरङका प्रहरी प्रमुख विश अधिकारीले भने, ‘अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहको कमीका कारण आत्महत्या गर्नेगरेको पाइएको छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes