ताप्लेजुङमा वडाध्यक्ष सँगै १ सय ३५ जना नेकपामा प्रवेश - Pahilo Online

ताप्लेजुङमा वडाध्यक्ष सँगै १ सय ३५ जना नेकपामा प्रवेश

writer

ताप्लेजुङ —तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वा्चित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पासँगै १ सय ३५ जना नेकपामा प्रवेश गरेका छन् । डण्डु प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ। एकमात्र जनप्रतिनिधिले पार्टी छोडेपछि समाजवादी पार्टी जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरणपछि उनी पनि समाजवादी पार्टीमा थिए। नेकपाका सचिवालय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले उनलाई पार्टी प्रवेश गराए। डण्डु नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाका भाइ पनि हुन्।  मिक्वाखोला गाउँपालिकामा नेकपाबाट अब २ जना वडाध्यक्ष भएका छन्। ५ वडा रहेको यो गाउँपालिकामा ३ जना कांग्रेस, एक जना नेकपा र एक नयाँशक्ति पार्टीका उम्मेदवारले वडामा जितेका थिए । उता समाजवादी पार्टीका संयोजक एमवी तमुले शेर्पा बिहीबारकै मितिबाट पार्टीको साधारण सदस्य पनि नरहेको उल्लेख गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes