सुन्दरहरैचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते - Pahilo Online

सुन्दरहरैचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

writer

मोरङ – मोरङको सुन्दर हरैचा नगरपालिका ७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका २ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र मृतकको शव समेत कानूनी प्रकृया पुरा गरी परिक्षणको लागि घोपा पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes