पाथीभरा गोल्डकपमा एलाभेन एरोज र‍ रेडस्टार क्लब फाइनलमा भिड्ने  - Pahilo Online

पाथीभरा गोल्डकपमा एलाभेन एरोज र‍ रेडस्टार क्लब फाइनलमा भिड्ने 

writer

ताप्लेजुङ – पाथीभरा गोल्डकपको दोस्रो सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो ।

खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार क्लब झापाका योगेश गुरुङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको जवाफमा डाँगीहाट क्लबका विवेक लिम्बूले ५६ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए ।बाँकी समय कुनै गोल हुन सकेन र नतिजा पेनाल्टी शुट आउटमार्फत निकालियो ।

पेनाल्टी शुट आउटमा डाँगीहाटका तर्फबाट विक्रम लिम्बू, विक्रम धिमाल र दिपेश लिम्बूले मात्र गोल गर्न सफल भएका थिए । त्यस्तै, रेडस्टार क्लबका निशान, योगेश, बुद्ध र पुजनले गोल गरेका थिए ।

शुक्रबार हुने फाइनल खेलका विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ३ केजी चाँदी तथा ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । प्रतियोगिताका उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes