संखुवासभामा दुई क्रसर उद्योग बन्द भएपछि ९ पुलको निर्माण कार्य ठप्प - Pahilo Online

संखुवासभामा दुई क्रसर उद्योग बन्द भएपछि ९ पुलको निर्माण कार्य ठप्प

writer

संखुवासभा — मकालु गाउपालिकामा खोलिएका दुई क्रसर उद्योग बन्द भएपछि त्यस क्षेत्रमा निर्माणका काम ठप्प छन् । क्रसर उद्योग स्थापनाका लागि मापदण्ड नपुगेको भन्दै गत पुसमा मकालु बरुण राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको थियो । यहाँ ९ वटा पुल निर्माणका लागि मकालु गाउँपालिका ३ समाटारमा स्काई–कार्की बन्धु जेभी र रौताह एसएएसले राखेको क्रसर उद्योग बन्द गरिएको हो । क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीले काम ठप्प पारेका छन् ।

सम्झौतामा स्थानीय स्तरमा उत्पादन गरिएको गिटी बालुवा प्रयोग गर्ने उल्लेख गरिएको छ । बाहिरबाट कच्चा पदार्थ ल्याउँदा आर्थिक भार अत्यधिक हुने भएकाले काम गर्न नसकिएको व्यवसायी सन्तोष राईले बताए । स्टिमेटमा गिटी बालुवाको लागत स्थानीय स्तरको राखिएकाले अन्यत्रबाट ल्याउँदा दोब्बर महँगो पर्ने उनले बताए ।

उत्तर दक्षिण कोसी सडक अन्तर्गत अरुण नदीभन्दा माथि याक्रे खोला, नाङ् खोला, चोङ् खोला र जोर खोलामा पुल निर्माण गर्न सुरु गरिएको थियो । १५ करोडमा स्काई–कार्की बन्धु जेभीले ठेक्का लिएको चारवटा पुल २० महिनाभित्र सम्पन्न गर्ने गरी गत असोज १५ मा सम्झौता गरिएको थियो । सबै पुल क्रमागत अन्तर्गतका योजना हुन् ।

उवा खोला, उहाङ् खोला र एकुवा खोलामा पुल निर्माणका लागि रौताह–एसएएस जेभीले १२ करोड लागतमा निर्माणको जिम्मा लिएको थियो । सोही खण्डको ठाडो खोला र उवा खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्सन प्रालिले पाएको थियो । दुईवटा पुल १५ करोड ७० लाखमा निर्माणगर्नुपर्ने छ ।

आवश्यक कच्चा पदार्थ उत्पादन नहुँदा नौवटा पक्की पुल अलपत्र परेका छन् । पुलहरूको जग खन्न सुरु गर्दा गर्दै क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीहरूले काम रोकेका हुन् । करिब एक वर्षसम्म काम अडिएपछि निर्धारित समयमा काम सम्पन्न नहुने व्यवसायीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes