दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे - Pahilo Online

दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे

writer

मोरङ – पछिल्लो एक वर्षयता भने भारतीय पर्यटकको पनि आउने क्रम ५० प्रतिशतले घटेको छ । भारतीय, बिहारी भनेर नेपालमा र सीमामा गरिने दुर्व्यवहारका कारण उनीहरू आउन हिच्काउने गरेको छन् । ‘प्रहरीको अनावश्यक जाँचका कारण नेपाल आउने भारतीय पर्यटकको संख्या ५० प्रतिशतले घटेको छ,’ दैनिक २५ देखि ३० वटा भारतीय गाडी नेपाल भित्रिने गरेकोमा अहिले मुस्किलले १० वटा गाडी भित्रिने गरेका छन्। नेपाल र भारतको खुला सीमाका कारण प्रदेश एकमा जोगवनी नाका, काँकडभिट्टा र इलामको पशुपति नगर नाकाबाट भारतीय पर्यटक धेरै आउने गर्दछन् ।

‘सिमामा भारतीय भनेर हेप्ने र उनीहरूको राष्ट्रियतालाई लिएर अपशब्द प्रयोग गरेको गुनासो धेरै आउँछ,’ व्यवसायी भविस श्रेष्ठ भने, साथै भारतीय नम्बर प्लेटको गाडी देख्नासाथ नियतबस अनावश्यक जाँच गर्ने र लफडा लगाउने प्रवृत्तिले पनि उनीहरू हतोत्साहीबनेका छन् ।’

प्रहरीले भन्सार कार्यालय विराटनगरमा जाँच गर्ने, त्यसपछि निमुवा, दुहबी, इटहरी, धरानमा पटकपटक सोही तरिकाका जाँच गरिँदा पर्यटकहरू हैरान बनेको क्षेत्रीय होटल संघ प्रदेश एकका अध्यक्ष राजन श्रेष्ठले बताए । होटलमा बसेका मानिसलाई पनि जाँचका नाममा अनावश्यक होच्याउने गरेका कारण पनि भारतीय पर्यटक आउनै छाडेको उनको भनाइ छ ।

सरकारले पर्यटन वर्ष सन् २०२० को २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुने उनको भनाइ छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष सुरु हुनै लाग्दा भारतीय पर्यटकको आवागमन घट्नु चिन्ताको विषय भएको व्यवसायीले बताए । सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्रदेश एकमा पनि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

मुख्य गरी प्रदेश एकमा भारतीय पर्यटक नै आउनै गरेको छन्। तेस्रो मुलुकको पर्यटक सगरमाथा लगायतका हिमाल आरोहणका लागि मात्रै आउने गरेको र उनीहरू काठमाडौंबाट हिमाली जिल्लामा सोझै जाने गरेका छन् । तेस्रो मुलुकका पर्यटक तराई र पहाडी जिल्लालाई गन्तव्य बनाएर नआउने गरेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes