सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको छ – मन्त्री भट्टराई - Pahilo Online

सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको छ – मन्त्री भट्टराई

writer

ताप्लेजुङ – सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रहेको बताएका छन्। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नती गरिने बताए। विमानस्थलको दुबै भागबाट विमान अवतरण गर्न सक्ने गरि स्तरोन्नती गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उनको भनाई छ।

तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिने मन्त्री भट्टराईले बताए। मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ। नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes