प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुरतर्फ - Pahilo Online

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुरतर्फ

भदौ २० गते स्वदेश फर्किने कार्यक्रम

writer

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुरतर्फ प्रस्थान गरेका छन्। बिहीबार दिउँसो थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ। तर यो मिति अवस्था हेरेर तलमाथि हुने बताइएको छ। ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन्।

ओली यसअघि उपचार गरी फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन्। अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने विज्ञप्तीमा जनाइएको छ। चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ। प्रमको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थलमा पुगेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes