गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा निस्केको शेखर कोइरालाले भनाइ - Pahilo Online

गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा निस्केको शेखर कोइरालाले भनाइ

writer

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताएका छन् ।नेपाली कांग्रेस तरुण विभाग मोरङले बुधबार विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताए । उनले कांग्रेसभित्र गुट रहने हो भने त्यसले कांग्रेसलाई नै समाप्त पार्ने र लोकतन्त्र पनि धरापमा पर्ने बताए। उनले पार्टी्भित्र आन्तरिक द्वन्द्व कायमै रहेको पनि बताएका थिए।

उनले कांग्रेसमा अब गुट नभई बिचारको राजनीति आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले गुटको अन्त्यको सुरुवात मोरङबाट नै गर्नुपर्ने आवश्यक रहेको बताए। कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले गुटको राजनीति अन्त्य हुन नसके कांग्रेस नै समाप्त भएर जाने बताए । कार्यक्रममा सहभागी युवाहरुले तरुण युवाहरुलाई नेतृत्व दिन आग्रह गरेका थिए । कार्यक्रममा ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes