संखुवासभामा चालु र पुँजीगततर्फ १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज - Pahilo Online

संखुवासभामा चालु र पुँजीगततर्फ १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज

writer

संखुवासभा–गत आर्थिक वर्षमा चालु र पुँजीगततर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा आएको रकम खर्च नहुँदा फिर्ता भएको हो । जिल्लालाई प्राप्त रकममध्ये २० प्रतिशत रकम गत आर्थिक वर्षमा खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष ०७५, ७६ मा पुँजीगततर्फ १ अर्ब २३ करोड ३ लाख ३२ हजार फ्रिज भएको छ । संघ र प्रदेश सरकारले जिल्लाको विकासका लागि ६ अर्ब ४३ करोड ७१ लाख ६९ हजार उपलब्ध गराएको कोष नियन्त्रक प्रकाश भट्टराईले जानकारी दिए । प्राप्त रकममध्ये ५ अर्ब २० करोड ६८ लाख ३७ हजार मात्र खर्च भएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes