रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा - Pahilo Online

रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा

writer

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गदै फाइनलमा प्रवेश गरेको छ ।

खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी जर्सी नम्बर ३ का यानीक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ८९ औँ मिनेटमा एलाभेन एरोज सुनसरीका खेलाडी जर्सी नम्बर १९ का श्याम चौधरीले थप एक गोल गर्दै जितको सम्भावना दोब्बर बनाए ।

रेडहर्स क्लब इलामले बारम्बर गोल गर्ने प्रयास गरे पनि सफल भएन । प्रतियोगिताअन्तर्गत बिहीबार डाँगीहाट क्लब मोरङ र रेडस्टार क्लब झापाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेलको विजेजाले एलाभेन एरोज सुनसरीसँग आउँदो शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५ किलोग्राम चाँदी र ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes