झापा–झापाको मेचीनगर नगरपालिका ६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा तथा किराना समानहरु बरामद गरेको हो । बरामद भएको अबैध सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।