विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने - Pahilo Online

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने

writer

मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल  (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दिए ।

काडमान्डौ बाहिर पनि बास्केटबललाई विकास गराउने उदेस्यका आयोजना गर्न लागिएको लिङदेनले बताए । बास्केटबल प्रतियोगिता गर्नको लागी उपयुक्त पूर्वाधारका आधारमा विराटनगर, धरान र विर्तामोडलाई रोजिएको लिङदेनको भनाई छ । प्रतियोगितामा हरेक शहरमा १० – १० जना टिम सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको लागी विराटनगरको लागी विराटनगर बास्केटबल एकेडेमी, धरानको लागी धरान बास्केटबल संघ र विर्तामोडका लागी विर्तामोड बास्केटबल संघले सहकार्य गर्ने भएको छ ।

विराटनगरका लागि आगामी भदौ ६ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटननगर बास्केट बल एकेडेमीका सरोज लम्सालले जानकारी दिए । बास्केटबल विजेता टिमले नगद ५० हजार प्रमाण पत्र सहित मेडल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उप–विजेताले २५ हजार नगर पुस्कार प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes