पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा - Pahilo Online

पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

पहिलो सेमिफाइनल आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने

writer

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो।

राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । रेड स्टारका जर्सी नम्बर ११ का खेलाडी योगेश गुरुङले ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
गोर्खा स्पोर्टिङ क्लबबाट ३ जना विदेशी खेलाडी खेलेका थिए भने रेड स्टार क्लबबाट खेल्ने पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास, मनाङ मर्स्याङ्दीबाट खल्ने सुरज वि.के. तथा दिपक राई पनि टिममा रहेका थिए ।

रेड स्टारबाट विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए । आजको खेलमा म्यान अफ् द म्याच रेड स्टार क्लब झापाका किपर विवश चौधरी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने आयोजक समितिका सह–सचिव टिकेन्द्र नेपालीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes