संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु - Pahilo Online

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

एक महिना बितिसक्दा पनि स्थानीय तहमा कर्मचारी खटाउन सकेन

writer

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा विवरण संकलन भइरहेको छ। सदरमुकाममा विवरण संकलन कार्य सुरु भएको एक महिना बितिसक्दा पनि स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन।

१० वटा स्थानिय तह रहेको संखुवासभामा असोजपछि मात्र काम थालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सदरमुकाम खाँदबारीबाट हालसम्म ३८७ जनाको विवरण दर्ता भइसकेको वितरण शाखाकी प्रमुख जबेगुले जानकारी दिइन्। केन्द्रले असोजपछि मात्र थप कर्मचारी पठाउने भएकाले स्थानीय तहमा काम गर्न ढिलाइ भएको उनको भनाइ छ। विवरण संकलन भएको एक÷दुई महिनापछि मात्र केन्द्रबाट परिचय पत्र बनेर आउने बताइएको छ। अहिले जिल्ला प्रशसानमा नागरिकता बनाउन आउने सेवाग्राहीको मात्र विवरण संकलन भइरहेको छ।

परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीकी प्रमुख जबेगुले जानकारी दिइन्। परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes