१२ वटा सुन गोहोरोसहित मोरङको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ - Pahilo Online

१२ वटा सुन गोहोरोसहित मोरङको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ

दोषी ठहरिएमा २ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान

writer

मोरङ —संरक्षित वन्यजन्तुमा पर्ने लगभग एक किलोग्रामतौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले मोरङको सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ। संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बन्देज लगाइसकेको छ ।

तर विभिन्न प्रयोजनको लागि ‘सुन गोहोरो’ को भारत र अन्य मुलुकमा तस्करी हुँदै आएको छ । तराई–मधेसको खेतबारी र कुलोमा बस्ने सुन गोहोरो मोरङको दक्षिण भेगबाट समेत पारी निकासी हुँदै आएको देखिएको छ । साइकलमा लोड गरिएको ति सुन गोहोरोसहित ५९ वर्षीय जसबहादुर धिमाललाई पक्राउ गरिएको मोरंगको रंगेलीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी मोरङकै पथरी शनिश्चरे नगरपालिका–६ का बासिन्दा हुन् ।

नियमित गस्तीको क्रममा प्रहरीले धिमाललाई मोरङको सुन वर्षी नगरपालिका–८ स्थित डायनिया सिकटी सडक खण्डको डायनिया छोटी भन्सार कार्यालय अघिल्तिरबाट ति वन्यजन्तुसहित नियन्त्रणमा लिएको हो । पहेलो र छिरमिरे रङ हुने सुन गोहोरोको छाला डमरूमा प्रयोग हुनेगर्छ । भारत र्पुयाउँदा ५ हजार देखि १० हजार रुपैयाँसम्म प्रतिगोटा यो बिक्री हुन्छ ।

सुन गोहोरोलाई २ वटा बोराभित्र राखेर बाँधी साइकलमा राखेको अवस्थामा धिमाललाई पक्राउ गरेको इप्रका रंगेलीका प्रमुख निरीक्षक लेखनाथ दाहालले बताए । ती १२ वटै सुन गोहोरो जिउँदै रहेका छन् । निरीक्षक दाहालका अनुसार लक लगाएर राखेको अवस्थामा एउटा बोरामा ७ थान र अर्कोमा ५ थान सुन गोहोरो फेला परेको थियो । आवश्यक थप कारवाहीका लागि विराटनगरस्थित डिभिजन वनकार्यालयमा सुन गोहारोसहित पक्राउ परेका धिमाललाई बुझाएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।

सरकारले यि जन्तुको निकासी पैठारीमा पूर्ण बन्देज लगाएको हुनाले यसको कारोबार गर्नेलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चलाएर कारवाही गरिन्छ । यो मुद्दामा दोषी ठहरिएकालाई अदालतले २ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने कानूनी प्रावधान छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes