दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा - Pahilo Online

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

२४ महिनामा सक्ने गरी ठेक्का सम्झौता

writer

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो ।

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको हो । कुल ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको ५७ करोड, ९५ लाख, ७ हजारमा ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।

आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको हो । बाँकी २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिइएको छ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । त्यसका लागि इलाम नगरपालिका ६, ७, ८ र ९ (साविकको इलाम नगरपालिका) का ३हजार घरधुरीले पहिलो चरणमा १५ हजार २ सयका दरले रकम जम्मा गरिसकेका छन् ।

गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा पूरा गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रतिघरधुरी १५ हजार २ सयका दरले रकम उठाइएको इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

‘आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४ सै घण्टा पानी झर्ने छ,’ उनले भने, ‘अहिलेको अभाव टार्नसँगै भविष्यको बढदो अवधिलाई पनि लक्षित गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।’ राणा शासनकालदेखिकै कतिपय पूर्वाधार रहेको अहिलेको पानी आपूर्ति व्यवस्थाले सदरमुकामको माग धान्न नसक्दा समस्या रहेकोछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes