हत्यामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी पक्राउ - Pahilo Online

हत्यामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी पक्राउ

मृतककी पत्नीले २ लाख रुपैयाँ नगद लिएको खुलासा

writer

भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य अभियुक्त भनिएका मोहन रम्तेल र सहयोगी विष्णुृकुमार मिजार, मनकुमार मिजार, मनकुमारी रम्तेल, मीना मिजार, हरिबहादुर लम्साल र सन्तोष मिजारलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जनाए । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तबाट ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ ।

घटनामा आरोपी स्थानीय मनकुमार, सन्तोष र विष्णुले मीनालाई हत्याराबाट रकम दिलाउन सहयोग गरेको प्रहरीको भनाइ छ । मुख्य अभियुक्त रम्तेलबाट मृतककी पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरले बताए । आफनै पतिको हत्याराबाट लिएको रकम सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ ।

सहकारीमा १ लाख ७० हजार जम्मा गरेको र बाँकी ३० हजारको भैंसी किनिदिएको भनी मृतककी आमाले बयान दिएपछि घटनाबारे खुलेको हो । यसैगरी खोटाङको केपिलासगढी १ फेदी बस्ने भैमाया राई (तामाङ) को हत्यामा संलग्न रहेको आरोपमा रमेश कार्की र भीमबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उनीहरूले भैमायालाई खुकुरीको धारको उल्टो भागबाट प्रहार गरी घाइते बनाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको साथबाट नगद १८ हजार ५५ रुपैयाँ र नाकमा लगाएको सुनको नथ्थीसमेत लुटिएको थियो । भैमाया साउन ८ मा धोद्रे खोल्सी किनारमा मृत फेला परेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes