फुसको छानो हटाउन १ करोड १४ लाख रुपैयाँ बराबरको जस्ता वितरण - Pahilo Online

फुसको छानो हटाउन १ करोड १४ लाख रुपैयाँ बराबरको जस्ता वितरण

writer

धनकुटा — धनकुटा नगरपालिकाले नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियान अन्तर्गत सोमबार १ करोड १४ लाख रुपैयाँ बराबरको रंगीन जस्ता पाता निःशुल्क रुपमा वितरण गरेको छ ।

१० वटा वडा रहेको नगरका सबै वडाका २ सय १ घरका लागि जस्ता वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । आवास सहुलियत साझेदारी कार्यक्रम अन्तर्गत जस्ता पाता वितरण गरिएको उनले बताए । नगरपालिकाले सबैभन्दा बढी वडा नम्बर ८ मा ६२ र वडा नम्बर ६ मा ८ घरमा जस्ता वितरण गरिएको जनाएको छ । सोमबार कुल ७ हजार ५ सय जस्ता वितरण गरिएको छ ।

अघिल्लो वर्ष पनि नगर क्षेत्रका ६८ घरमा ५२ लाखको जस्ता पाता वितरण गरिएको थियो । गत वर्ष ३ हजार ६ सय ११ थान वितरण गरिएको थियो । नगरपालिकाले जस्ता पाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छानो छाउने कार्यमा खर्च गर्नुपर्ने भएकोले साझेदारी अवधारणा बनाइएको इन्जिनियर मिङ्मा शेर्पाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes