गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग - Pahilo Online

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिका कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र

writer

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको घटना बाहिरिएपछि घटना प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका भद्रपुर नगरपालिका ९ का वडा अध्यक्ष शनिलाल राजवंशीमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस ९ नम्बर वडा समितिले माग गरेको हो। नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिका कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएर उक्त माग राखेको छ।

नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, २ नम्बर क्षेत्रीय सचिव रमेश पोखरेल, जिल्ला सदस्य राजेन्द्र रिजाल, भद्रपुर नगरका उप–सभापति ज्ञानबहादुर चौहान, ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठ, वडा सहसंयोजक लावण्यकुमार पोखरेल, अल्छिया राजवंशी लगायतको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई उक्त ज्ञापनपत्र बुझाएका थिए। त्यस्तै, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठलाई समेत कार्यकर्ताहरूको सोही टोलीले ज्ञापनपत्र बुझाएका थिए।

वडाध्यक्ष राजवंशीले गैरनेपाली नागरिकलाई झुटो विवरणको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन गरिरहेकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गर्दै घटनाको बारेमा सत्य तथ्य पत्ता लगाई छिटोभन्दा छिटो कारबाही अघि बढाउन माग गरिएको छ। ‘गैरनेपालीलाई नागरिकता दिएको घटना प्रकरणमा नगरका वडा अध्यक्ष स्वयं परेको छ’, कांग्रेसका सभापति पोखरेलले भने, ‘घटना प्रकरणमा संलग्न भए तत्काल सरकारले कारबाही गर्नुपर्छ, निर्दोष भए पनि सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes