दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा - Pahilo Online

दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा

writer

ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ५२ औं मिनेटमा सुनसरीका विदेशी खेलाडी यानिक ओनाले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५७ औ मिनेटमा यानिकले दोस्रो गोल गर्दै जितको अग्रता दोब्बर बनाए ।

दार्जीलिङले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन र हार बेहोर्न बाध्य भयो । प्रतियोगिताअन्तर्गत मंगलबार रेडस्टार क्लब झापा र गोर्खा स्पोटिङ क्लब दमकबीच खेल हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes