इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण - Pahilo Online

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

writer

पहिलो अनलाइन

 

रामकुमारी राई
रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले आज सोमबार राहत वितरण गरेको हो ।
रंगेली नगरपालिका–८ स्थित चिसाङ खोलाको छेउमा रहेका ६० घर दलित बस्तीलाई प्रतिघर एक बोरा चामल, खाने तेल र नुन राहत स्वरुप प्रदान गरिएको हो । लेटाङका इसाई समाजबाट संकलित एक लाख रुपैयाँबाट खाद्यान्न खरिद गरिएको कार्यक्रम संयोजक दिनेश राईले जानकारी दिनुभयो ।

इसाई एकता समाज लेटाङका अनुसार बाढी पिडितहरुलाई प्रति परिवार ५० केजी चामल, एक केजी नुन र एक लिटर खाने तेल हस्तान्तरण गरेको हो ।
राहत वितरण पछि रंगेली नगरपालिका वडा नं. ८ का वडाध्यक्ष टंक आचार्यले राहत संकलन गरी दलित बस्तीका बाढी पिडितहरुलाई सहयोग गर्नुहुने सबै उपकारी मनप्रती आभार प्रकट गर्नुभयो ।

लगातारको वर्षापछि चिसाङ खोलामा आएको बाढी पसेर ऋषिदेव, पासवान बस्तीमा बिचल्ली भएको थियो । इसाई एकता समाजले यस्ता मानविय कार्यमा हरेक बर्ष सहयोग गर्दै आएको समाजका अध्यक्ष दिलिप थापाले बताउनु भयो ।
रंगेली नगरपालिका वडा नं. ८ का अध्यक्ष टंक आचार्य प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष दिलिप थापाले गर्नुभएको थियो भनें कार्यक्रम सञ्चालन डम्बर राईले गर्नुभएको थियो ।

बाढी पिडित दलित बस्तीमा इसाई एकता समाजद्वारा राहत वितरण हेर्नोस् भिडियो Rahat https://www.youtube.com/watch?v=pTEvUzQtiFI

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes