लायन्स क्लव पथरी र योङ्गहार्ट द्वारा ह्विलचेयर र पंखा वितरण - Pahilo Online

लायन्स क्लव पथरी र योङ्गहार्ट द्वारा ह्विलचेयर र पंखा वितरण

writer

 

पथरी– समाजसेवामा समर्पित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले सोमबार एक कार्यक्रमको आयोजना गरि पथरीशनिश्चरे वडा नं ३ का ३ जना पुर्ण शारिरीक अशक्तलाई ह्विल चियर प्रदान गरेको छ। “जहाँ आवश्यकता त्यहाँ लायन्स ” भन्ने मुल मन्त्रका साथ अन्तरास्ट्रिय संगठनको प्रतिनिधित्व गर्दै लायन्स क्लब अफ पथरी र योङ्गहार्टले संयुक्त रुपमा ह्विल चियर वितरण गरेको हो। क्लबले वडा नम्बर ३ का विष्णुमाया ढकाल, प्रेम प्रसाद लुइँटेल र धन कुमारी साँवालाई ह्विल चियर वितरण गरेको हो ।

जहाँ आवस्यकता र अफ्ठ्यारा छन, त्यहाँ लायन्सको उपस्थिति रहने बताउने कार्यक्रम संयोजक गणेश बाछना राईले नगरमा कोहि अशक्त र असहाय भए सहयोग गर्न तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ३ का वडा अध्यक्ष डम्बर चेम्जोङले लाइन्स क्लबको सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनहरुमा समेत क्लबसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टका अध्यक्ष क्रमशः रोशन बुढाथोकी र राजेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले वडा नम्बर ३ मा मात्र नभइ सम्पुर्ण नगरमै लायन्स सहयोगको लागि सदैव कटिबद्ध रहेको बताए । कार्यक्रममा बोल्दै अर्का अध्यक्ष बस्नेतले नगरका विपन्न , अशक्त र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने बताउदै कहिँ सहयोगको खाचो भए लाइन्सलाई जानकारी गराउन समेत अनुरोध गरे ।

यस्तै आज नै लायन्स क्लब अफ पथरी योङ्गहार्टले वडा नम्बर ३ कै जनता माध्यमिक विद्यालयमा १३ थान सिलिङ्ग पंखा वितरण गरेको छ । गर्मीको समयमा पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले पंखा वितरण गरिएको अध्यक्ष राजेन्द्र बस्नेतले बताए । दुवै क्लबले विभिन्न समयमा विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री लगायत वितरण गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes