मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी - Pahilo Online

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

writer

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल समेत उप्काएको पाइएको छ । झ्यालबाट भित्र पसेर सेभ फुटाएर सो बराबरको रकम चोरी गरेको पाइएको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी बारे अरुलाई खवर गरेका थिए । शिवाकोटी साकोसको हिसाबका लागि विहानै कार्यालयमा आएका थिए ।

चोरको समूहले कार्यालयमा जडान गरेको सिसि क्यामेराको तार काटेर हार्ड्डिक्स पनि लगेको पाइएको छ । चोरले सिसि क्यामेराको तार काटेर हार्ड डिक्स लानुका साथै सेभको चाबी लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर रामबहादुर ढकालले बताए । कार्यालयको भित्रको सामान त्यति छरिएको अवस्थामा नभएकोले त्यहाँ चोरी गर्ने चोर पेसेवर रहेको र जस्तो सुकै भएपनि चोर पत्ता लगाएरै छाड्ने इस्पेक्टर ढकालले बताए । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ ।

शनिबार बेलुका १२ बजेदेखि आइतबार विहान २ बजे सम्म चोरी भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । साकोसको पछाडी भागमा फर्निचर र होटल पनि संचालनमा छ । आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारीको लागि संस्था संचालक समितिको केही पदाधिकारीहरु शनिबार पनि रातको १० बजे सम्म बसेका संस्थाको उपाध्यक्ष हरि कोइरालाले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes