सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला - Pahilo Online

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

writer

पहिलो अनलाइन

रामकुमारी राई
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शेरबहादुर दर्नालको अध्यक्षतामा सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समिति समेत चयन गरेको छ । जसमा शेरबहादुर दर्नालसहित देवी राई, सुमिना लिम्बू, छत्रबहादुर श्रेष्ठलाई सर्वसम्मत गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य त्रिभुनाथ नेपालले विद्यार्थीको संख्या घट्दो अवस्थामा रहेकोले संख्या बढाउन सरोकारवाला सबैले योगदान गर्न आग्रह गरे । उनले विद्यार्थी आकर्षणका लागि दिइँदै आएको खाजा वापतको रकमलाई हरेक ६ महिनामा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका अतिथि श्रोत व्यक्ति प्रेमकुमार कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै शिक्षकहरुलाई इमान्दारीताका साथ काम गर्न आग्रह गरे ।

कार्यक्रममा पञ्चज्योति आधारभुत विद्यालयका प्र.अ. माधव तामाङ, स्थानीय वुद्धिजीवी डिल्लीप्रकाश राई, डम्बर परियार, शिक्षक रुपमाया बस्नेतलगायतले मन्तव्य राखेका थिए । विद्यालयका प्र.अ. धनञ्जय फुयलले स्वागत गर्दै कार्यक्रको औचित्य बारे प्रष्ट पारेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes