नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन - Pahilo Online

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

writer

पहिलो अनलाइन

अर्पणा केशी
पथरी, असार ९
मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।
कुल बजेटको १० प्रतिशत बजेट नघटाई दलित समुदायको चेतनास्तर र आर्थिकस्तर उकास्न लगानी गर्नुपर्ने माग गर्दै उनीहरुले नगरसभाको पूर्वसन्ध्यामा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरमा दलितमैत्री वातावरण बनाई दलित क्षमता अभिवृद्धीका कार्यक्रमहरु अभिलम्ब संचालनमा ल्याईनु पर्ने माग गरेका छन् । लोककल्याणकारी कार्यक्रमहरु प्र्रभावकारी रुपमा संचालन गर्नु राज्यको दायित्व भएकोले यो नगरपालिका अन्य नगरपालिका भन्दा क्रियाशिल रहदै आएकोले दलितहरुको सन्दर्भमा यस समुदायको ऐतिहासिक पृष्ठभूमीलाई उदार र फराकिलो सोचबाट अग्रसर रहने ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

दलित समुदायका क्षेत्रमा भएका कार्यक्रमहरुको कार्यन्वयन र नितीगत प्रभावकारीताले नगरपालिकाको मात्र नभएर प्रदेश हुदैँ सिङगो देशकै नमुना हुने र नमुना परिणाम आउने नेतृत्वको ध्यानाकर्षण गराईएको राजकुमार विश्वकर्माले जानकारी दिए ।

नगर भित्र रहेका प्रत्येक वडाका ७ जना सम्म सदस्य संख्या रहेको वडा दलित संरक्षण समिती गठन गर्नु पर्ने भएको छ । यस नगरले विगतका दिनहरुमा पनि दलितहरुका लागी जनचेतनामुलक कार्यक्रमहरु गदै आएकोले अबको चालु आर्थिक वर्षमा पनि थप प्रभावकारी ढङगले काम गर्ने विश्वास लिएको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes