कानेपोखरीका शिक्षकलाई प्राविधिक तालिम - Pahilo Online

कानेपोखरीका शिक्षकलाई प्राविधिक तालिम

writer

पहिलो अनलाइन

तालिममा सहभागि कानेपोखरी गाउंपालिकाभरीका शिक्षक कर्मचारीहरु । तस्विरः रामकुमारी ।

रामकुमारी राई
कानेपोखरी, ३२ जेठ । कानेपोखरी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका विद्यालयका शिक्षक÷कर्मचारीका लागि विद्यालयको प्रोफाइल तयार एवं तथ्यांक राख्न प्राविधिक तालिम सञ्चालन गरेको छ । शुक्रबार कानेपोखरी–५ भौंसाबारीस्थित श्री माविको हातामा गाउँपालिकाभरीका तीन दर्जन शिक्षक÷कर्मचारीलाई एक दिवसीय प्राविधिक तालिम सम्पन्न भएको हो ।

तालिममा शिक्षक÷कर्मचारीहरुलाई विद्यालयको भौतिक पूर्वाधार, शिक्षक, विद्यार्थीको तथ्यांक राख्ने, सूचना अपडेट गर्ने ज्ञान सिकाइएको थियो । प्रदेश सरकारले आगामी पाँच वर्षभित्र सम्पूर्ण कार्यालय र विद्यालयलाई ‘पेपर लेस’ बनाउने घोषणा गरे संगै पालिकाले शिक्षकहरुलाई यस्तो तलिम दिएको हो ।

तालिममा कार्यालयका विभिन्न सूचना, तथ्यांक, कारोबार विवरण आदिलाई सफ्टवेरको माध्यमबाट चुस्त दुरुस्त राख्न सिकाइएको थियो । त्यसैगरी, विद्यार्थी प्रगतिविवरण, भौतिक पूर्वाधारलगायत इन्टरनेटको सहायताले तथ्यांक राख्ने र अपडेट गर्ने सिप सिकाइएको हो ।
कार्यक्रमको सभापतित्व श्रीमाविका प्र.अ. गंगाराम फुयल, सञ्चालन पालिकाका श्रोतव्यक्ति प्रेम कार्की गरेका थिए ।
गोष्ठीको सहजीकरण कानेपोखरी गाउँपालिकाका आइइएमआइएस फोकल पर्सन पूर्ण राईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes