युवा उद्यमशीलता तालिममा महिलाको बाहुल्यता - Pahilo Online

युवा उद्यमशीलता तालिममा महिलाको बाहुल्यता

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका उद्यमशील वन्न चाहने युवा पुस्ताका लागि राष्ट्रिय लघु तथा घरेलु उद्योग प्रशिक्षण कार्यालय, काठमाडौंले एक हप्ते उद्यमशीलता विकास तालिम सुरु गरेको छ ।

एभरेष्ट आर्ट फ्यूजनको व्यवस्थापन एवम् संयोजन र पथरीशनिश्चरे नगरपालिकाको समेत सहयोगमा सञ्चालित तालिमको कार्यपालिका सदस्य अरुणा राईले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले महिलाहरुको बाहुल्यता रहेको तालिमले महिलाहरुलाई उद्यमी बनाएर स्वनिर्भर वन्ने कुरामा जोड दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा, घरेलु कार्यालयका निर्देशक सुरेश श्रेष्ठले उद्यमशील वन्ने कुरामा युवा पुस्तालाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताउनु भयो ।
पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना, शिक्षासेवी रविन कन्दङ्वा, एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द निश्चल सुवेदी, कोषाध्यक्ष सीता राईले एभरेष्टले सृजनशील कार्यमा जारी राखेको प्रयास तथा तालिमको अपेक्षाका बारेमा बोल्नु भयो ।

तालिममा ४० जना बढीको सहभागिता रहेको छ । सो अवसरमा घरेलुले यसअघि सञ्चालन गरेको सेरामिक तालिममा सहभागिलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । तालिममा घरेलुका सुरेश श्रेष्ठ र प्रशिक्षण अधिकृत गणेश राउतले सहजिकरण गरिरहनु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes