जांतेमा रोकिएन खोला दोहन - Pahilo Online

जांतेमा रोकिएन खोला दोहन

writer

पहिलो अनलाइन

मोहन भट्टराई
पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य उत्खनन् गरी अवैधरूपमा दिनदहाडै निकासी गर्ने गरेको हो ।

जिल्ला समन्वय समितिको खोला ठेक्काकै समयमा क्षेत्र नं. १ ‘ख’ का सांसद् उपेन्द्र घिमिरे, ‘क’ का सांसद् कुशल साम्बा र मोरङ क्षेत्र नं. ३ ‘क’ का सांसद् सूयर्माराज राईले यसअघि खोला दोहन भएको भन्दै प्रदेश सरकारबाट रोकेका थिए । अहिले ठेक्का समाप्त भएको डेढ महिना बित्न लाग्दासमेत सांसद्कै गाउँ लेटाङ–९ जाँतेमा पर्ने तेलीखोलामा स्काभेटर प्रयोग गरी दैनिक गिट्टी नकासी भइरहेको छ ।
स्थानीय विज्ञान निरौलाले खोलाजन्य पदार्थ अवैधरूपमा निकासी भैरहेकोले यसलाई जनप्रतिनिधि र सम्बन्धित निकायले रोक्नुपर्ने बताउनु भयो ।

त्यसैगरी अर्का खोलाछेउमा बसोबास गर्ने किसान चन्द्रप्रसाद ढकालले खोलाबाट मापदण्डभन्दा बढी गिटी बालुवा निकाल्दा कुलोमा पानी नउठेको बताउनु भयो । यदि खोला दोहन नरोके यसपालीको वर्खामा लेटाङ ९ बाह्रगोठेमा धान रोपाई नहुने ढकालको दावी छ । उहाँका अनुसार करिव २ सय विगाहा जमिन बाँझै हुने छ ।
अर्का स्थानीय काजीमान मग्रातीले दैनिक टिपर कुदेर पथरी–जाँते सडकमा खाल्डाखुल्डी भएकोले सडकमा हिँडिनसक्नु भएको बताउनुभयो ।

यस विषयमा लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला पोख्रेलले स्टकको माल भनेर ट्याक्टर, टिपरबाट लाने गरेको बताउनुभयो । जिल्ला समन्वय समितिले स्टकको माल उठाउन पुर्जी कति दिएको र कति लगेको भनेर हेर्ने सम्बन्धित व्यक्ति नभएर पनि समस्या हुने गरेको उपप्रमुख निरौलाको भनाई छ । उपप्रमुख निरौलाले यस्ता गैर कानूनी ढंगले खोला उत्खनन् गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मा प्रकाशित

1 thought on “जांतेमा रोकिएन खोला दोहन

  1. यस बिषय समवन्दि लेटाङ ९/८ भित्र तेलिखोलामा अवैध रुपमा वालुवा,ढुंगा,गिटी को उत्खन्डन बारे किन सम्वन्दित निकायले बेवास्ता गरेको हो? अहिले हेर्नेहो भने खोलामा तेलिको ऊद् गम सिर कोलुड़ झरना आसपास त्याटरहरु लाम बद्द देखिन्छ ! अव यो बुझिन्छ कि यस लेटाड. नगरमा कुनै साशन विधिविधान नियम कानुन छैन?? यो प्रक्रिया यसतै चलिरहने हो भने भोलिको विपत कस्ले जिम्मा लिन्छ? यस प्रबृतिले कसैको हालिमुहालि हुदैछ त कसैको वस्ति ऊजाडिदै छ! क्या गजव छ यो नेपाल मा”

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes