जनप्रतिनिधिको अगुवाईमा विकासले तीव्रता पायो - Pahilo Online

जनप्रतिनिधिको अगुवाईमा विकासले तीव्रता पायो

writer

पहिलो अनलाइन

मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माण कार्यको अनुगमन÷नीरिक्षण गर्दै वडाध्यक्ष, वडा सदस्यहरु र स्थानीय ।

किर्तिपुर, ५ चैत । पथरीशनिश्चरे वडा नं. ७ मा विकास निर्माणले तीव्रता पाए पछि वडावासी हर्सीत भएका छन् । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि वडामा विकासले गति लिएको हो ।
वडाले आ.व. २०७५÷७६ का लागि विभिन्न शीर्षकमा करिव ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा वडाले भौतिक पूर्वाधार तर्फ सबैभन्दा बढी ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै लक्षित वर्ग तर्फ ६ लाख रुपैयाँ र कार्यालय सञ्चालन र अन्य शीर्षकमा बजेट विनियोजन गर्ने लक्ष लिएको वडाध्यक्ष कपिलमणि ढकालले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तर्फ सबैभन्दा ठूलो र महत्वकांक्षी योजनामा मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माणका लागि २९ लाख रुपैयाँ विनियोजन गरेको छ । हाल पुल निर्माण कार्य भइरहेको छ ।

पथरीखोलामा तटबन्ध गरिएको क्षेत्र देखाउंदै वडाध्यक्ष कपिलमणि ढकाल ।

यसैगरी, गणेश तमाङको घरदेखि पथरीखोला जाने सडक ५ लाख रुपैयाँमा स्तरोन्नती, किर्तिपुर कल्याणचोक सडक ४ लाख रुपैयाँमा ग्राभेल, बुद्धिमानको घर छेउको कल्भर्ट १ लाख रुपैयाँमा, कृष्ण मगरको घर छेउको स्ल्याव कल्भर्ट १ लाख रुपैयाँमा निर्माण, विष्णुचोक–लामाटोल बाटो मर्मत संभार ३ लाख रुपैयाँमा, कल्याणचोकमा कल्भर्ट निर्माण १ लाख रुपैयाँमा निर्माण सम्पन्न भइसकेको वडा सदस्य विरोज मगरले जानकारी दिए ।

यसैगरी, १० लाख रुपैयाँमा शहिद मार्ग सडक स्तरोन्नती, जनकल्याण पैनीमा १ लाख रुपैयाँमा कल्भर्ट निर्माण कार्य भइरहेको अर्का वडा सदस्य काशीहाङ राईले जनाए ।

वडा नं. ७ मा केही योजना भनें सञ्चालन हुन बाँकी रहेका छन् । जसमा १० लाख रुपैयाँमा किर्तिपुर सामुदायिक भवन, २ लाख रुपैयाँमा ट्युबवेल इनार, १ लाख रुपैयाँमा गणेशमार्ग मर्मत र १ लाख रुपैयाँमा ह्युम पाइप खरिद गर्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।
वडाले लक्षित वर्ग अन्तरगतका केही कार्यक्रमहरु सम्पन्न गरेको छ भनें केही सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes