जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग - Pahilo Online

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

writer

पहिलो अनलाइन

 

पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब भत्ता बुझ्ने वडा सदस्य र कार्यापालिका सदस्यबाट रकम फिर्ता गर्न माग गरेको हो ।

नयाँ शक्ति पार्टी नगर संयोजक तारा दवाडीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै जनप्रतिनिधिलाई मासिक रुपमा प्रदान गरिने तलब भत्ता तत्काल खारेज गर्न समेत माग गरिन् । ज्ञापन पत्र मार्फत् नगरपालिकाभित्र रहेको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्यालाई समाधान गर्छु भनी जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता जनाएको स्मरण गराउँदै द्वैध स्वामित्व तत्काल समाधान गर्न संयोजक दवाडीले माग गरिन् । निर्वाचित भएको डेढ वर्ष पुग्दा समेत सुकुम्बासी समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै बसोबासको आधारमा जग्गा वितरण गर्नुपर्ने उनको भनाई छ ।

 

ज्ञापन पत्र बुझाउने क्रममा नयाँ शक्ति पार्टी नगर संगठन विभाग प्रमुख एल वी भण्डारीले नगरपालिकाले संचालन गरेका विकास योजनाहरुमा अनियमितता भएको भन्दै तत्काल ‘सेटिङ सिस्टम’ को अन्त्य गर्न माग गरे ।

नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई संयुक्त रुपमा बुझाईएको ६ बुँदे ज्ञापन पत्रमा प्रत्येक वडा कार्यालयमा प्राविधिक दक्ष जनशक्तिको कमीले नागरिकले दुःख पाइरहेको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा विषयगत ज्ञान नभएका कर्मचारी बर्खास्त गरी दक्ष प्राविधिक जनशक्ति तुरुन्त नियुक्त गरियोस् भनिएको छ ।

यस्तै, ज्ञापन पत्रको पाँचौ नम्बर बुँदामा नगरपालिकाले प्राथमिकताको आधारमा र मानव संसाधनको विकासका लागि बजेट विनियोजन गर्न माग गरिएको छ । ज्ञापन पत्रको अन्त्यमा असारे विकासको अन्त्य गर्दै अहिलेसम्म काम सुरु नभएका योजनाहरु तत्काल सञ्चालन गर्न माग गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes