
पथरी । कानेपोखरी गाउँपालिका स्तरीय संगठित नीजि विद्यालयहरुको संगठन प्याप्सोकले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजसन कानेपोखरी(एबदकयप)ले गाउँपालिकाले गरेको शैक्षिक गतिविधिमा नीजि विद्यालयबाट पनि सहभागीता हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । संगठनको उपाध्यक्ष विजय किस्कु र सचिव विद्यानान्द चौधरीको हस्ताक्षरी ज्ञापन पत्र गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङ्नामलाई बुझाएका थिए ।
हस्तान्तरण कार्यक्रममा संगठनका सहसचिव टेकेन्द्र बास्तोला, कोषाध्यक्ष नन्दुकुमार राजवंशी र सदस्य महेन्द्र बोहोरा,गणेश पोख्रेल,श्रीप्रसाद मिश्र र निर्मल फुयल सहभागी रहेको थियो ।
संगठनको शनिबार दलेलीमा बसेको बैंठकले गाउँपालिकामा पत्र बुझाउने, संगठन दर्ता लगाएतको निर्णय गरेको उपाध्यक्ष बिजय किस्कु बताउँछन् । उनिहरुले सरकारीको मात्र नभएर नीजि विद्यालयहरु प्र.अ.हरुको बैठक मासिकरुपमा नियमित गाउँपालिकाले राख्नुुपर्ने जोडदिएका छन् । शैक्षिक सत्र सुरुहुनु भन्दा अघि देखिनै विद्यालयहरुले विभिन्न लोभलाच्चा देखाउँर्दै विद्यार्थी तानातान गर्ने प्रविती रहेकोले यसको समस्याको हल गाउँपालिकाले गर्नुपर्ने माग गरेका छन् । एक बर्ष अघि गठन भएको संगठनले बार्षिक विविध कार्यक्रम गर्दै आएको छ । गाउँपालिकामा १९ वटा विद्यालय मध्ये १५ वटा विद्यालय यो संगठनमा आवद्ध रहेको छ ।