पुनर्मिलन कार्यक्रममा संस्थापक विद्यार्थीलाई सम्मान - Pahilo Online

पुनर्मिलन कार्यक्रममा संस्थापक विद्यार्थीलाई सम्मान

writer

पहिलो अनलाइन

 

कानेपोखरी । मोरङको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा बिहीबार पाँच जना संस्थापक विद्यार्थीलाई सम्मान गरेको छ ।

२०२५ सालको सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयमा सोही दिन भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा इन्द्रप्रसाद कोइराला,वीरेन्द्रप्रसाद कोइराला, जगन्नाथ पौडेल, मोहनप्रसाद न्यौपाने र बलराम सापकोटा हुनुहुन्छ । संस्थापक पूर्व विद्यार्थीहरूलाई विद्यालयका प्रधानध्यापक दामोदर सिग्देलले रुद्राक्षमाला लगाएर सम्मान गर्नुभयो ।

बिहीबार नै विद्यार्थी पुनर्मिलन समारोहको समेत आयोजना गरियो । समारोहमा पूर्व विद्यार्थीहरूले विद्यालयको शैक्षिक एवं भौतिक विकासको लागि सहयोगको घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण महोत्सव स्मारकको अनावरण गर्ने कार्यक्रम रहेको छ । आज शुक्रबार समेत राष्ट्रिपतिको हातबाट विभिन्न ब्यक्तिहरूलाई रुद्राक्षमालाले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes