आकर्षणको केन्द्र बन्दै भुल्के सिमसार - Pahilo Online

आकर्षणको केन्द्र बन्दै भुल्के सिमसार

writer

 

पथरी । पूर्वी मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले सिमसार क्षेत्रमा बालमैत्री पार्क निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष कुलबहादुर गुरुङले आ.व. २०७५÷०७६ भित्रमा बालमैत्री पार्क निर्माण गर्ने योजना बताउनु भयो ।
समूहले उपभोक्तालाई उद्यमशील बनाई आर्थिक उपार्जनको निम्ति सिमसार क्षेत्रमा पर्यटन उद्योग सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जानकारी दिए । यस्तै जेष्ठ नागरिकहरुलाई सिमसार क्षेत्रमा प्रवेश निःशुल्क गर्ने अध्यक्ष गुरुङले उद्घोष गरे ।
चालु आर्थिक वर्षमा वन समूहले भुल्के सिमसार प्रवेश गर्ने आकर्षक प्रवेशद्वार निर्माण गर्नुका साथै प्रवेशद्वारदेखि पोखरीसम्म आकर्षक पार्क निर्माण गरेको छ । प्रवेशद्वारदेखि पोखरीसम्म जानकालागि फराकीलो बाटोमा इन्टरलक ब्लकलगाएर बाटोको दुवैतर्फ गार्डेन र त्यसभित्र स्ट्याचु निर्माणका लागि वेस निर्माण गरिएको छ ।

यसैगरी, समूहले सिमसार वरीपरी वनभोज टहरा, फलैंचा, चौतारा निर्माण गरेको छ । आगन्तुक पर्यटकका लागि स्वच्छ खानेपानीको लागि पाँचवटा ट्युबवेल स्थापना गर्नुका साथै दुईवटा धारा जडान गरेको छ । पर्यटकका लागि महिला र पुरुष शौचालयको व्यवस्था गरेको छ । प्रवेशद्वारदेखि पोखरीसम्म जाने बाटोमा दुवो र विभिन्न फुलहरुबाट सामुदायिक वनको नाम तथा लोगो अंकीत पार्क निर्माण गरेको समूहकी सचिव मेनुका राईले जानकारी दिइन् ।
पृथ्वीको तापक्रम बढीरहेको अवस्थामा सिमसार संरक्षणले केही रोक्ने बताउनु हुन्छ इलाका वन कार्यालय पथरीका प्रमुख सहायक वन अधिकृत मोहमद अलाउद्धिन । सिमसार संरक्षण गर्दा पोखरीमा माछा पालन गरेमा समूहको वैकल्पिक आम्दानी बढ्ने उहाँको भनाई छ ।
वन समूहले सिमसार क्षेत्र प्रवेशद्वार निर्माण गरी टिकटको व्यवस्था गरेको छ । सिमसारमा सुन्दरता बढेसंगै पर्यटक भित्रीने क्रम बढेको छ ।
आकर्षक गेट अगाडि पानीको फोहरा हेर्न लायक छ । गेटको अग्रभागमा सुन्दर चित्रहरु बनाइएको छ । यस्तै सिमसार क्षेत्रमै भुल्केमा जल धारा बनाइएको छ । सिमसारको आकर्षण बढ्दै गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes