हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण - Pahilo Online

हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण

अनुगमन टोली पुग्दा श्रमिकलाई बन्धक बनाइयो/ श्रम कार्यालयको चेतावनी

writer

पहिलो अनलाइन

विराटनगर । उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालन गरेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमशोषण हुने गरेको पाइएको छ ।

करिब २ सय जना मजदुर कार्यरत रहेको उद्योगमा वर्षौदेखि श्रम शोषण हुने गरेको अनुगमनको क्रममा फेला परेको हो ।

श्रम कार्यालय विराटनगर र टे«ड यूनियनहरुले आइतबार गरेको अनुगमनमा उद्योगले श्रमिकलाई न्युनतम् वेतन नदिएको र श्रम सम्झौतासमेत नगराई काममा लगाएको पाइएको हो । उद्योगमा अनुगमन टोली आएको थाहा पाएपछि मेनेजर कैशाल मण्डलले श्रमिकलाई आफ्नो पोल खोल्नसक्ने भन्दै एउटा कोठामा थुनेर राखेका थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करिब ५० श्रमिकलाई कोठामा थुनेर राखेको पाइएको अनुगमनमा सहभागी नेपाल समाजवादी टे«ड युनियका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताउनुभयो ।

उद्योगले वर्षौदेखि श्रम शोषण गरेको विषय सार्वजनिक हुने त्रासले मजदुरलाई थुनेको थियो । उद्योगले श्रमिकहरुको व्यापक रुपमा शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताउनुभयो । अनुगमन टोलीले उद्योगका मेनेजरसँग उद्योगमा कार्यरत कर्मचारीहरुको हाजिर खाता र तलवी भरपाइसमेत लिएको छ ।

मजदुरहरुले काम गरेको ५ वर्ष देखि ६ वर्षसम्म पुगेको भएपनि उद्योगले प्रतिघण्टाको ३० रुपैयाँको दरले मात्रै पारिश्रमीक दिने गरेको पाइएको छ । श्रमिकहरुको व्यापक रुपमा श्रमशोषण गर्ने गरेको फेला परेको भन्दै कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरिने श्रम कार्यालयले जनाएको छ । उद्योगले ठेकदार खडा गरेर मजदुरलाई काममा लगाएको पाइएको छ ।

गत वर्ष साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो । श्रम ऐनको दफा (५२) मा सञ्यकोष, दफा (५३) उपदान, दफा(५४) औषधी उपचार खर्च, दफा (५५) मा दुर्घटना बिमा र दफा (१० र ११) मा रोजगार सम्झौताको स्पष्ट प्रावधान उल्लेख छ । तर, हाइलाइफ उद्योगले यी कुनै पनि कुरा कार्यान्वयन नगरेको फेला परेको हो ।

अनुगमन टोलीले १५ दिनभित्र सबै समस्याको हल गर्न निर्देशन दिएको छ श्रम ऐनले तोके जति तलब नदिए उद्योग नै बन्द गर्ने चेतावनी गोपले दिनुभयो । अनुगमनमा नेपाल समाजवादी टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालका प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियन महासंघका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल टे«ड यूनियन मोरङका अध्यक्ष शुशिल कोइरालको सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes