जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत - Pahilo Online

जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत

स्थायी राजधानीको टुंगो नलागेसम्म साँघुरो हलको समस्या नहट्ने

writer

पहिलो अनलाइन

विराटनगर । जिल्ला समन्वय समिति मोरङले सम्पूर्ण भवन हस्तान्तरण गरेसँगै १ नम्बर प्रदेशसभा सञ्चालन सहज हुने भएको छ ।

जिसस भवनको भुईंतलामा प्रदेशसभाका सबै संरचनाहरु कोचाकोच रुपमा सञ्चालन भइरहेकोमा समन्वय समितिले तीन तले सिंगो भवन नै प्रदेशसभाको लागि खाली गरिदिएको छ ।

जिल्ला समन्वय समिति जिल्ला प्राबिधिक कार्यालयको पुरानो भवनमा सरेसँगै प्रदेशसभाले भवनको रंगरोगन र मर्मतका काम गरिरहेको छ । दशंै अगाडि नै मर्मत र रंगरोगनको काम सकेर कार्यालय सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रदेशसभा सचिबालयका सूचना अधिकारी अम्बिकाप्रसाद नेपालले जानकारी दिनुभयो ।

हाल प्रदेससभाको भुइतल्लामा रहेको सभामुखको कार्यकक्ष, उपुभामुखको कार्यकक्ष, सत्तारुढ र विपक्षी दलका नेताको कार्यकक्ष, संसदीय समितिहरुको बैठक कक्ष पहिलो तलामा सार्ने तयारी गरिएको छ । प्रदेशसभा भवनको भुइतल्लामा भने प्रदेशसभा सचिवसहित प्रशासनिक जिम्मेवारीमा रहेका कर्मचारीहरुको कक्ष र प्रदेशसभा बैठक कक्ष रहनेछ ।

भवनको दोश्रो तलाको मर्मत तथा रंगरोगन दोश्रो चरणमा गरी सञ्चार कक्ष, संसदीय समितिहरुको कार्यालय र सुरक्षा पोष्ट कक्षसमेत व्यवस्थित गर्ने तयारी गरिएको प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । प्रदेशसभा भवनको मर्मतको लागि २ वटा कम्पनीमार्फत कोटेसनद्वारा काम भइरहेको सचिवालयले जनाएको छ । भवनको रंगरोगनका लागि ५ लाख र मर्मत तथा पाटेसन का लागि ५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । भवनका लागि आवश्यक फर्निचर भने गत आर्थिक वर्षको बजेटबाटै खरिद गरिसकेको सचिवालयले जनाएको छ ।

प्रदेशसभा अन्तगर्तका कार्यालयहरु व्यवस्थापन हुने भएपनि साँघुरो हलको समस्यामा तत्काल समाधान हुने देखिएको छ । यसअघि गत आर्थिक वर्षमै प्रिफेबको अस्थायी हल निर्माण गर्ने तयारी प्रदेशसभा सचिबालयले गरेकोमा सांसदहरुले स्थायी राजधानी तोकिएपछि मात्र भवन निर्माण गर्नुपर्ने भन्दै विरोध गरेपछि काम रोकिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes