सरकारले झुटको खेती गरेको आरोप - Pahilo Online

सरकारले झुटको खेती गरेको आरोप

प्रदेशसभा बैठकमा सरकारप्रति आक्रामक प्रमुख प्रतिपक्ष

writer

पहिलो अनलाइन

विराटनगर । नेपाली काँग्रेसले संघीय सरकार र प्रदेश सरकारले पनि झुटको खेती गरिरहेको आरोप लगाएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरुले झुटको खेती गर्दै जनतामा भ्रम छरेको दावी गर्नुभयो ।

साउन महिनाभित्र प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउने सार्वजनिक अभिव्यक्ति बारम्बार मुख्यमन्त्री र मन्त्रीहरुले दिएपनि अहिलेसम्म त्यसबारे औपचारिक छलफल सुरु नगरेको भन्दै कार्कीले आपत्ती जनाउनुभयो । ‘संघीय सरकार झुटको पुलिन्दा बोकेर हिडिरहेको छ तर प्रदेश सरकारले झुट बोल्दनै भन्ने विश्वास थियो त्यो मुख्यमन्त्री र मन्त्रीहरुले तोडिदिनुभयो’ कार्कीले भन्नुभयो ‘साउन महिनाभित्र प्रदेशको राजधानी तोक्छौं र नामाकरण पनि सक्छौं भनेर हामीलाई भन्नुभो तर खै कानेखुसीसम्म गर्नुभएन ।’

प्रमुख सचेतक कार्कीले प्रदेश सरकारका मन्त्रीहरुले अधिकार क्षेत्र बाहिर गएर काम गर्न थालेको आरोप पनि लगाउनुभएको छ । ठूला उद्योगीहरुको पछि लागेर साना उद्योगमा अनुगमन गर्ने र शिलवन्दी गर्ने काम गरेर प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले गरेको भन्दै उहाँले उद्योगको अनुगमन गर्ने काम उद्योग मन्त्रीको भएकाले क्षेत्राधिकार बुझ्नुनपर्ने बताउनुभयो । केही समय अघि मोरङका खानेपानी उद्योगहरुमा अनुगमन गरेर ९ वटामा कोलिफर्म भेटिएको भन्दै शिलवन्दी गरेकोमा ७ वटासँग जनही ६० हजार रुपैयाँको दरले पैसा लिएर उद्योग खोल्ने अनुमति दिएको भन्दै उहाँले सरकारको विरोध गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयले पानी उद्योगमा कोलिफर्म भेटिएको भनेर मिडियामा प्रचार गरेपनि परीक्षण गर्दा बाइकार्वोनेट मात्र फेला परेकोले सरकारले झुटको खेती गरेको प्रष्ट भएको कार्कीको दावी छ । सरकारका मन्त्रीहरु पार्टी एकीकरणको काममा मात्र व्यस्त हुँदा जनताको काम प्रदेश सरकारबाट हुन नसकेको पनि उहाँले बताउनुभयो ।

कार्कीले प्रदेश सरकारले दिएको सार्वजनिक विदा कार्यान्वयन गर्न नसकेर जनताले दुःख पाएको बताउँदै आगामी दिनमा संघीय सरकारसँग समन्वय गरेर मात्र विदा दिन मागसमेत गर्नुभएको छ । कुनै कार्यालय बन्द र कुनै खुल्ला हुँदा जनताले सास्ती मात्र पाएको भन्दै उहाँले संघीय सरकारसँग आफ्नो अधिकारको लागि संघर्ष पनि पनि प्रदेश सरकार तयार हुनुपर्ने धारणा राख्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes