विपद् व्यवस्थापन बिधेयक पारित - Pahilo Online

विपद् व्यवस्थापन बिधेयक पारित

writer

पहिलो अनलाइन

 

विराटनगर । एक नम्बर प्रदेशसभाको मंगलबार बसकेको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

प्रदेशभित्र हुनसक्ने प्राकृतिक र मानवीय विपद्को जोखिम कर गर्न तथा विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनलाई व्यवस्थित गर्न सरकारले विधेयक संसदमा पेस गरेको थियो । विधेयकमाथि कुनैपनि संशोधन नपरेकाले प्रदेशसभाको पूर्ण बैठकले दफावार छलफलबिनै विधेयक पारित गरेको हो ।

संसदबाट पारित विपद व्यवस्थापन ऐन २०७५मा प्रदेश १ मा आइपर्ने विपद व्यस्थापन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा एक समितिको व्यवस्था गरेको छ । कुल ३९ दफामा व्यवस्थित गरिएको ऐनले विपद व्यवस्थापनका क्रममा कार्यकारी समिति, विज्ञ समिति लगायत विभिन्न समितिहरुको व्यवस्था गरेको छ ।

मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका सवालको जवाफ दिनुभएको थियो । उहाँले कर सम्बन्धिको प्राविधिक विषयहरु यसअघि पारित भएको आर्थिक ऐनमा उल्लेख भएको जानकारी दिँदै नीतिगत व्यवस्थापनका लागि यो विधेयक ल्याइएको जानकारी दिनुभयो ।

त्यसअघि प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जितीया पर्वमा थारु समुदायलाई विदा दिन र कोशी अञ्चल अस्पतालको क्षमता विस्तार गर्न माग गरेका थिए । सांसद सुनितकुमारी चौधरीले असोज १६ गते थारु महिलाहरुको महत्वपूर्ण पर्व जितीया पर्ने भएकाले उनीहरुलाई विदा दिन प्रदेश सरकारसँग माग गर्नुभयो । अर्की सांसद सावत्राकुमारी रेग्मीले कोशी अञ्चल अस्पतालको क्षमता कम हुदा विमारिले सास्ती पाएको भन्दै २० बेडको आइसियुको निर्माण गर्न, प्रयोगविहिन भेन्टिलेटर सञ्चालनमा ल्याउन र दरबन्दी अनुसारका चिकित्सक उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes