प्रहरीले अदालतको आदेश टेरेन - Pahilo Online

प्रहरीले अदालतको आदेश टेरेन

प्रकाण्डलाई भोजपूर लगियो/भोजपुरमा उनीविरुद्ध ३ मुद्दा तयार

writer

पहिलो अनलाइन

विराटनगर। नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सर्बोच्च अदालतको आदेश उल्लंघन गर्दै प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको छ ।

विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका मंगलबार विहान ल्याइएका नेता विश्वकर्मालाई भोजपुर जिल्ला अदालतमाउ पस्थित गराउने प्रहरी स्रोतले जनाएको छ ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पत्रकारलाई छल्दै एयरपोर्टको रनवेबाटै प्रहरी भेनमा हालेर विश्वकर्मालाई लगेको थियो । एयरपोर्टको यात्रु कक्षबाट नभई नेता प्रकाण्डलाई एयरपोर्टको पूर्वतर्फको सैनिक इलाकाको गेटबाट बाहिर निकालिएको थियो ।

गत साउन २३ गते जबर्जस्तीचन्दा उठाएको आरोपमा पक्राउ परेका नेता प्रकाण्डलाई छाड्न सर्वोच्च अदालतले पटक–पटक आदेश दिइसकेको छ । अदालतको आदेश बारम्बार उल्लंघन गरेकोप्रति सोमबार सर्बोच्चले गम्भीर चासो व्यक्त गर्दै थुनामुक्त गर्न आदेश दिएकोमा प्रहरीले उल्लंघन गर्दै पुनः पक्राउ गरेको थियो ।

विश्वकर्मालाई गतवर्षको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा प्रहरीले लगाएको बुझिएको छ । विश्वकर्मा विरुद्ध भोजपुरमा तीन वटा मुद्दा रहेको बताइएको छ । उनी विरुद्ध विष्फोटक पदार्थ ओसारपसार, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत भोजपुरमा रहेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका नेताहरू उमा भुजेल, मोहन कार्की, कृष्ण धमला, पदम राई, ओम प्रकाश पुनलगायतलाई प्रहरीले पक्राउ गरि विभिन्न मुद्दा चलाउँदै आएको छ । सर्वोच्च अदालतले सोमबार विश्वकर्मालाई थुनामुक्त गर्न दिएको वन्दीप्रत्यक्षीकरण आदेशको उल्लंघन गर्दै प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको हो । उनलाई जिल्ला स्थान्तरण गर्दै भोजपुर लगिएको छ ।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । त्यसलगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुनः पक्राउ गरेको थियो । यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा पनि अदालतले छाड्ने आदेश दिएकोमा प्रहरीले पुनः पक्राउ गरेको हो ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले ’प्रकाण्ड’ लाई थुनामुक्त गर्न सोमबार तेस्रो पटक आदेश दिएको थियो । सर्वोच्चले पटक–पटक रिहा गर्न आदेश दिइसके पनि प्रहरीले पुराना मुद्दामा अदालत उपस्थित गराउनुपर्ने भन्दै विभिन्न ठाउँमा पु¥याउने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes