प्रदेशको एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रम लेटाङबाट सुरु - Pahilo Online

प्रदेशको एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रम लेटाङबाट सुरु

आगामी ५ वर्षभित्र अभियान पूरा गर्ने लक्ष

writer

पहिलो अनलाइन

 

लेटाङ, १९ भदौ । प्रदेश सरकारले एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रमको सुरुवात उत्तरी मोरङको लेटाङबाट सुरु गरेको छ । लेटाङ–४ स्थित जनसेवा सामुदायिक वनको हातामा एक भव्य समारोहकाबीच पाँच विरुवा वितरण कार्यक्रमको सुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, प्रदेश सांसद उपेन्द्र घिमिरे, डिभिजन वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटालगायतले पाँच प्रजातिका विरुवा रोपेर सुभारम्भ गरेका हुन् । जसमा रुख कटहर, अमला, बेल, तित्री, सोहिजन (सजिवन) को विरुवा रोपिएको थियो । डिभिजन वन कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रमको सभापतित्व सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर समितिका अध्यक्ष आनन्दसागर तिम्सिनाको रहेको थियो ।

लेटाङ नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, सम्पूर्ण सामुदायिक वनहरुको तर्फबाट जनसेवा सामुदायिक वनका अध्यक्ष दिलाराम राई, वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नगर महासंघ सचिव नैनकला ढुंगेलले गरेकी थिइन् ।
कार्यक्रमका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर समितिले वन मन्त्री कुसियतलाई ज्ञापन पत्र समेत बुझाएको थियो भनें अतिथिहरुलाई एभोकाडाको विरुवा मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes