‘अरु विकास चाहिन्न, पेट भर्ने पानी देऊ’ - Pahilo Online

‘अरु विकास चाहिन्न, पेट भर्ने पानी देऊ’

मन्त्रीसँग तेह्रथुमको छथरका स्थानीयको माग

writer

पहिलो अनलाइन

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा पर्ने पञ्चकन्या र फाक्चामाराका स्थानीयले सरकारसँग पेट भर्नेगरी पिउने पानी उपलब्ध गराईदिन माग गरेका छन् ।

सुख्खाग्रस्त क्षेत्रको रुपमा चिनिएको सो क्षेत्रको अवलोकनमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितको टोलीसँग स्थानीयले अरु विकासभन्दा पनि पिउने पानी दिन माग गरेका हुन् ।

खडेरी पीडित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेको टोलीलाई स्थानीयले सडक, विजुली र विद्यालय नभएपनि हुन्छ, तर पानी पेटभरी पिउन पाउने व्यवस्था गरिदिन माग गरेका हुन् । खडेरीले पानीको मुहान सबै सुकेपछि लगाएको बाली पनि खेतमै सुकेकोले सो क्षेत्रका किसान समस्यामा छन् ।

तेह्रथुको छथर गाउँपालिकाको पञ्चकन्या र फाक्चामारा तथा पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकाका अधिकांश वडा मध्य बर्खामा खडेरीको चपेटमा छन् । पानी नपर्दा स्थानीयले लगाएको बाली सुकेर परालजस्तै भएको छ । प्रदेश सरकारले सो क्षेत्रका स्थानीयको समस्या समाधान गर्न प्रदेश सरकारले मन्त्री आङ्बोको नेतृत्वमा गठन गरेको टोली स्थलगत अनुगमनमा पुगेको हो ।

मन्त्री र सांसदसहितको टोलीलाई स्थानीयले पिउने र सिँचाइका लागि पानी मागेका छन् । टोलीले दुई दिन लगाएर छथर गाउँपालिकाको सुख्खा क्षेत्रको स्थलगत निरीक्षण गरी पीडितसँग छलफल गरेको छ । तेह्रथुमपछि टोली पाँचथर जानेछ ।

खडेरीले अन्नबाली सुकेर भोकमारी लाग्ने अवस्था आएपछि प्रदेश सरकारले पीडित किसानका खेतबारीमै आएर स्थलगत निरीक्षण गरेको मन्त्री आङबोले बताउनुभयो । मन्त्री आङबोको नेतृत्वमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी, पाँचथरका सांसद प्रतापप्रकाश हाङगाम, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत माहाशाखा प्रमुख रविन्द्र आचार्यसहितको टोली अनुगमनमा आएको हो ।

खेती किसानीबाट मात्र जीवन गुजरा गर्दै आएका पीडित किसानलाई तत्काल राहात उपलव्ध गराउने र ती क्षेत्रमा खडेरीको दिर्घकालीन समाधानका उपायको खोजी गर्ने प्रदेश सरकारले जनाएको छ । मध्य वर्षादमा परेको खडेरीका कारण छथरको वडा नम्बर ३, ४ र ५ का ८ सय ५४ घरधुरी प्रभावित भएको गाउँपालिकाले जनाएको छ । खडेरीले खाद्यान्न अभाव भएपछि तीन वडाका ४ हजार ९ सय २८ जनसंख्या भोकमरीको चपेटामा परेका छन् ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes