समृद्धिको लागि युवा पलायन रोक्नुपर्छः मन्त्री आङ्बो - Pahilo Online

समृद्धिको लागि युवा पलायन रोक्नुपर्छः मन्त्री आङ्बो

writer

पहिलो अनलाइन

तेह्रथुम ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकको समृद्धिको लागि युवाहरुको पलायन रोक्नुपर्ने बताउनुभएको छ ।

तेह्रथुमको छथर स्थित शुक्रबारेमा आइतबारबाट सुरु भएको प्रथम छथर गाउँपालिका प्रमुख भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आङ्बोले बेरोजगारलाई रोजगारी दिने र बिदेशिने युवालाई यही रोक्न सकिए मात्र समृद्धिको लक्ष्य प्राप्त हुने दावी गर्नुभयो ।

काम गर्ने श्रमशक्तिले धेरै खाडी मुलुकको समृद्धिमा योगदान गरेको बताउँदै मन्त्री आङ्बोले अब नेपालको समृद्धिमा उनीहरुको योगदान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि सरकारले आवश्यक नीति र कार्यक्रम बनाएर लागू गर्ने उहाँको भनाइ छ ।

लामो राजनीतिक खिचातानीको कारण मुलुकको विकास हुन नसकेको बताउँदै मन्त्री आङ्बोले युवाहरुले अब आफ्नो भूमिका विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । विभाजित राजनीतिलाई युवाले र युवालाई खेलकुदले एकताबद्ध बनाउने उल्लेख गर्दै उहाँले खेलकुदको विकास गर्नसके राष्ट्रकै गौरब कायम हुने बताउनुभयो ।

खेलकुद बिकास समिति छथर तथा रत्नदेवी युवा समाजको आयोजनामा भएको कार्यक्रममा मन्त्री आङ्बोले रेज र डिफेन्सको उचित तालमेलले भलिबल खेल जितेजस्तै विभिन्न कलार संस्कृतिको उचित ब्यवस्थापन र सम्द्र्धनले प्रदेशको विकास हुने बताउनुभयो ।

सरकारलाई काम गर्न नदिन विभिन्न बहानामा बखेडा झिक्ने काम भइरहेको बताउँदै मन्त्री आङ्बोले समृद्धिका बाधक उनीहरुको आम जनताले प्रतिकार गर्नुपर्ने आह्वान गर्नुभयो । कार्यक्रमा प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगाना, जिसस सदस्य थानन तिगेलालगायतले बोल्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes