धोका दिन लागेको भन्दै प्रेमिकाको बिभत्स हत्या - Pahilo Online

धोका दिन लागेको भन्दै प्रेमिकाको बिभत्स हत्या

हत्या गरेर भाग्दै गरेका दिनेश स्थानीयको सहयोगमा पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । आफुलाई धोका दिन लागेको भन्दै मोरङको विराटगरका एक युवाले आफ्नै प्रेमीकाको बिभत्स हत्या गरको छन् ।

विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टाईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको शुक्रबार विहान हत्या गरेका हुन् ।

प्रहरीका अनुसार दुबैजना विराटनगरबाट प्रेमिका शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न गएका थिए । घुम्न गएको मौकाम एकान्त पारी ग्रामथान गाउँपालिका–३ सिद्राहा पुयाएर दिनेशले शिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनुभयो ।

भट्टाईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्ने प्रयासमा रहेका दिनेशलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको हो । दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको प्रहरीले जनाएको छ । युवतीले धोका दिएर अष्ट्रेलिया जान लागेपछि उनको हत्या गरेको दिनेशले प्रहरीसामु बयान दिएका छन् । शिखा एक सातापछि अस्ट्रेलिया जाने तयारीमा रहेको बताइएको छ ।

शिखाले आपूmलाई धोका दिएर अष्टे«ेलिया जान लागेको र सम्झाउँदा पनि नमानेकोले घुम्ने बहानाम लगेर हत्या गरेको दिनेशले स्वीकार गरेको प्रहरलिे जनाएकोछ । स्थानीय बासिन्दाले नहरमा युवतीको विभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका दिनेशलाई समातेर प्रहरीलाई खबर गरेका थिए ।

युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes