करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य: मन्त्री आङ्बो - Pahilo Online

करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य: मन्त्री आङ्बो

स्थानीय तहले लगाएका कतिपय कर सच्याउनुपर्नेमा जोड

writer

पहिलो अनलाइन

दमक । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तीन तहकै सरकारले करको दरभन्दा दायरा बृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

झापाको दमकमा बिहीबार नेफ्स्कूनको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले मुलुक संघीयतामा गएको कारण कर बृद्धि भयो भन्ने आरोपमा कुनै सत्यता नभएको दावी गर्नुभयो ।

प्रदेश सरकारले जथाभावी कर नलगाएको स्पष्ट पार्दै मन्त्री आङ्बोले स्थानीय तहले लगाएका कतिपय करको बारेमा प्रश्न उठेकोले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिनेभन्दा सेवा र राहत दिनेतर्फ सोच्नुपर्नेमा जोड दिँदै उहाँले कर छली गर्न पल्केका र धेरै आम्दानी भएपनि करको दायरामा नआएकाहरुलाई भने छुट दिन नसकिने स्पष्ट पार्नुभयो ।

सरकारको सुशासन र समृद्धिको अभियानलाई रोक्न स्थानीय तहले करको सम्बन्धमा गरेको सामान्य गल्तीलाई संघीयतासँग जोडेर प्रचार गर्ने काम भइरहेको भन्दै मन्त्री आङ्बोले असन्तुष्टि जनाउनुभएको छ । अहिलेको राजनैतिक प्रणाली नेपाली जनताको ठूलो त्याग, समर्पण र बलिदानको जगमा प्राप्त भएकोे भन्दै उहाँले त्यसमाथि विभिन्न कोणबाट हमला भइरहेको दावी गर्नुभयो ।

परिवर्तन बिरोधि शक्तिहरु , नेपाली जनताको आन्दोलनको राप र तापले बाध्य भएर परिवर्तनलाई स्वीकार गरेपनि त्यसमाथि मौका पाउनसाथ हमला गर्ने गरेको मन्त्री आङ्बोको भनाइ छ । करको विषय लिएर पुरै संघीयता र शासन प्रणालीमाथिको प्रहार स्वीकार्य नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उर्लाबारी नगरपालिका प्रमुख खड्क फागोलगायतले शुभकामना दिनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes